काठमाडौं, वैशाख १९ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको भारतको सिरम इन्स्टिट्युटका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भारत छाडेका छन् । भारतका प्रभावशाली व्यक्तीहरुले कोरोनाविरुद्धको खोप आफुलाई बिक्री गर्न भन्दै निरन्तर दबाब दिएपछि उनले भारत छाडेको बताएका हुन् ।
उनको कम्पनी सिरमले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ निर्माण गरिरहेको छ । सोही खोप आफुहरुलाई दिनुपर्ने नभए हत्या गर्ने भन्दै कम्पनीका प्रमुख अदार पुनावालालाई निरन्तर आएको थियो ।
देशका शक्तिशाली एंव प्रभावशाली र अन्जान व्यक्तीहरुको निरन्तर धम्की आएपछि पुनावालालाई सरकारले उच्च सुरक्षा प्रदान गरेको थियो । उनलाई भीभीआईपी अर्थात प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइने ‘वाई’ आकारको सुरक्षा प्रदान गरिएको थियो ।
त, देशका प्रभावशाली मानिसहरुको दबाब थेग्न नसकेपछि उनी भारत छाडेर बेलायत पुगेका छन् । बेलायत पुगेर बेलायती अखबार ‘दि टाइम्स’सँग कुरा गर्दै उनले अहिलेको अवस्थामा भारत फर्कन सम्भव नरहेको बताएका छन् । पुनावाला आफ्नी पत्नी र बच्चाहरुसहित बेलायत पुगेका हुन् ।
FACEBOOK COMMENTS