काठमाडौं, वैशाख २५ । कोरोनाविरुद्धको ‘स्पुतानिक भी’ भ्याक्सिन बनाएको रसयाले ‘स्पुतानिक लाइट’ बनाउने बताएको छ। सिंगल डोज लगाए हुने गरी उक्त खोप विकास गर्ने बताएको हो ।
अहिलेसम्म विश्वभर बनेका कोरोनाविरुद्धको खोप दुई पटक (डबल डोज) लगाउनुपर्छ । स्पुतानिक लाइट खोप बनेपछि एक पटक (सिंगल डोज) लागए हुने रसियाले जानकारी दिएको छ ।
रुसले यही वर्ष २०२१ को जनवरीदेखि नै यसको परिक्षण गर्दै आइरहेको थियो । स्पुतानिक लाइटले हर्ड इम्युनिटीको चाँडो विकास गर्ने बताइएको छ ।
यसैगरी, अब बन्ने सिंगल डोजको भ्याक्सिनको प्रभावकारिता ८० प्रतिशतसम्म रहेको बताइएको छ । हालसम्म रसिया, चिन, अमेरिका र बेलायतका कम्पनीले कोरोनाविरुद्धको खोप बनाएका छन् ।
FACEBOOK COMMENTS