काठमाडौं, श्रावण २९ – कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको खोपबारे विश्व जगतले गरेको शंकालाई रुसले बेतुकको टिप्पणी भनेको छ । खोपको सबै आवश्यक परिक्षण र प्रक्रिया पूरा गरिएको भन्दै रुसले अनावश्यक सन्देह नगर्न सचेत समेत गराएको छ ।
रुसका स्वास्थमन्त्री मिखाइल मुराश्कोले आफ्नो देशले खोप तयार पारेपछी अन्य देशहरुलाई जलन भएकाले आलोचना गरेको बताउनुभयो । रुसले मानव शरिरमा दुई महिनामात्रै परीक्षण गरेपछी यो खोपलाई स्वीकृती दिएको भन्दै जर्मनी, फ्रान्स, स्पेन, अमेरिका लगाएतका राष्ट्रका बैज्ञानिकहरुले टिकाटिप्पणी गरेका थिए ।
उनीहरुले खोपबारे सतर्क रहन सबैलाई अपिल समेत गरेका छन् । रुसी स्वास्थ्यमन्त्रीले यो खोपले आधिकारिक मान्यता पाइसकेको जिकीर गर्नुभएको छ ।
उहाँले यो खोप आगामी दुइ सातामा नै प्रयोगमा ल्याउने दाबी समेत गर्नुभएको छ ।
FACEBOOK COMMENTS