सेफ लक्ष्मन प्रसाद भण्डारी
कोरोना कोरोनामय भएको छ यो विश्व ! डर त्रास ल छताछुल्ल भएको छ यो मानव संसार ! आखिर के हो त यो कोरोना भाइरस ?के गर्दा हामी यस बाट बच्न सकिन्छ ! प्राकृतिक मूल्य र मान्यता लाई चटक्क त्यागेर हामी छोटो बाटो लामो जिउन खोज्दा निस्कने यी परिणाम हरु हुन् भन्दा केहि फरक नपर्ला ! हामी लाई मिठो चाहिएको छ ,छिटो चाहिएको छ ,शभ्य हुन अनेक अप्राकृतिक हथकण्डा हरु अपनाउछौ !त्यसै को नतिजा बेला बेला मा नराम्रो संग भोगी रहेका हुन्छौ !हाम्रो पूर्वज हरु ले दिएका अमुल्य ज्ञान का रत्न हरु लाई ,साधना र खानपिन का तौरतरिका हरु लाई पखे, पुरानो,आजको समय सन्दर्भ नसुहाउने भनि जिउरो को स्वाद मा र छाला को चमकमा रमाउदा अनेक रोग ब्याधि लाई निम्त्याएका छौ ! हाम्रो सामान्न्य रुघा खोकी पनि कोरोना भाइरस बाटै हुन्छ ! तर अहिले देखिने नोभल कोरोना भाइरस अहिले सम्म को धेरै ज्यान लिने कोरोना भाइरस हो जसले फोक्सो लाई अति असर पार्छ र जसको रोग प्रतिरक्षा प्रणाली राम्रो छैन यस ले छिट्टो आक्रमण गर्दछ ! यो भन्दा पहिला पनि अनेक कोरोना भाइरस देखा परेकाछन ! यस को १९६० तिर पहिचान भएको हो र चरा चुरंगी तथा जनावर बाट सर्ने रोग हो कोरोना !२००३ मा देखिएको सार्स जसको नाम थियो Severe acute respiratory syndrome (SARS -CoV ) जो चिन मा बाट नै सुरु भएको हो जसले ८०० को हाराहरि ज्यान लिएको थियो ! अर्को २०१२ मा साउदी मा देख परेको मेर्स कोरोना Middle East respiratory syndrome (MERS) ले ४०० को हारा हरि ज्यान लियो जो फेरी २०१५ मा गएर साउथ कोरिया मा देखा पर्यो जसले ४०-५० जना को ज्यान लियो ! यो बाहेक मानिस मा देखिने कोरोना जो साना साना बालबच्चा र बुडा बुडी लाई छिट्टै लाग्ने गर्दछ HCoV-229E, -NL63, -OC43, and -HKU1 हुन् जस लाई मानव कोरोना भाइरस ENDEMIC पनि भनिन्छ जसको लक्ष्ण हो रुघा खोकी ! अहिले देखिए को नोभल कोरोना भाइरस जसले संसार को मानव जीवन धोस्त परि सक्यो जस को नाम राखिए को छ Corona virus disease 2019(COVID-19) आज सम्म १५००० जति को ज्यान गइ सक्यो अझै थामिने नाम लिएको छैन ! यस को आक्रमण पनि रोग प्रतिरक्षा प्रणाली राम्रो नभएका तथा बालबच्चा र बुडा-बुडी नै देखिए को छ ! रोग प्रतिरक्षा प्रणाली के हो ? प्रतिरक्षा प्रणाली कुनै पनि जीवको भित्र हुने जैविक प्रक्रिया हो जसले ट्युमर कोषहरुको पहिचान गरी त्यसलाई मारी रोगहरु लग्न बाट बचाउछ साथै संक्रमक रोगको निवारण गर्नको लागि शरीरमा शक्तिको संचय गरी एन्टिबायोटिक उत्पादन गरी निम्तिएको रोगलाई नष्ट पार्ने कार्य गर्दछ ! शरीरको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने शक्ति) कमजोर भयो भने मानिसलाई रुघाखोकीलगायत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ त्यसैले रोग प्रतिरक्षा प्रणाली लाई बलियो बनाउन सन्तुलित आहार को जरुरत पर्दछ !
तपाई हरु ले जे खानुहोस तर यी १० चिज लाई कहिल्लै नछुटाउनुहोस !
१।बेसार २।लसुन ३। टिमुर ४।घ्यु ५ ।फलफुल ६। अङ्कुरित गेडागुडी ७। चोकर सहित को अन्न ।८ । दुध ९। पानी १०। तुलसी
कोरोना को प्रकोप जसमा लगातार मन तातो पानी पिउनु पर्ने त्येस मा साना केटा केटि र बुडाबुडि अति गार्हो हामी पाका मान्छे लाई त अति गार्हो हुन्छ ! के गर्ने ? पानी मा कुनै हर्ब्स हरु राखी प्युनु भयो भने सजिलै संग प्युन सकिन्छ जस्तै मनतातो पानी मा पुदिना को पात गुलाब को फुल को पत्ती तुलसी को पात तेजपात (सुनकाउली) अरु हजुर हरु को करेसाबारी मा फुल्ने कुनै पनि फुल का पत्ती हरु , जसले तपाई को पाचन शक्ति बलियो बनाउछ र गेस्टिक हुन बाट बचाउछ साथै कोरोना का भाइरस पनि मर्दछ ! केटाकेटी तथा बुडा बुडी को पाचन शक्ति अलि कम्जोर हुन्छ त्यसै ले पनि उनीहरु को एम्युनिटि पावर (रोग प्रतिरक्षा प्रणाली) कम हुन्छ ! आज इटाली मा कोरोना बाट मृत्यु हुने सब भन्दा बडी बुडा बुडी र बालबच्चा नै छन् कारण रोग प्रतिरक्षा प्रणाली ! रोग प्रतिरक्षा प्रणाली लाई बलियो बनाउन फाडो, खोले तथा सुप हरु अति उपुक्त हुन्छ केटाकेटी तथा बुडा बुडी हरु को लागि जो पचाउन सहज त हुन्छ नै शरीर मा पानी को मात्रा लाई पनि पूर्ति गर्दछ !
मकै को खोले वा फाडो
सामग्री – मकै को पिठो ३०० ग्राम घ्यु १५० ग्राम ज्वानो १० ग्राम लसुन ५-७ कलि टिमुर १०-१२ दाना मेथी १ सानो चम्चा बेसार १ सानो चम्चा नुन स्वाद अनुसार पानी १।५ लिटर सुन काउली को पात १ धनिया पात ५० ग्राम
बिधि :- कडाई या कसौडी मा घ्यु तताउने मेथी लाई कालो हुनेगरी फुर्याउने त्येस पछि ज्वानो पिसेको टिमुर हल्का फुर्याउने अनि लसुन र मकै को पिठो लाई हल्का ब्राउन हुने गरि भुट्ने , सुनकाउली को पातर बेसार राखिसकेपछि पानी हाली उमाल्ने १५-२० मिनट जति उमाली सके पछि नुन र धनिया पात राखी पस्कने ! मकै को पिठो को सट्टा गहुको पिठो ,चामल को पिठो ,फापर को पिठो ,कोदो को पिठो पनि प्रयोग गर्न सक्नु हुन्छ ! स्वाद को लागि कागती पनि प्रयोग गर्न सक्नु हुन्छ ! केटा केटि को लागि हल्का दुध र मह प्रयोग गर्नु भयो भने सहज तरिका ले स्विकार्छन ! एस लाई दाल को रुप मा भात या रोटि संग पनि पस्कन सक्नु हुन्छ ! विभिन्न तरकारी तथा सागपात हरु पनि राखी पाकाउन सक्नु हुनेछ ! नमस्कार गरौ ,विभिन्न प्रकार का खोले खाउ ,प्रसस्त तातो पानी प्यिउ ,शाकाहारी होउ ,सकारात्मक सोच राखौ हामी लाई कहिल्लै केहि हुदैन !
(भान्से) सेफ लक्ष्मन प्रसाद भण्डारी – कार्यकारी प्रमुख ग्लोबल नेप्लिज सेफ फेडेरेशन)
FACEBOOK COMMENTS