काठमाडौं,फागुन ३० विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस ९कोभिड–१९०लाई विश्वव्यापी महामारीका रूपमा वर्गीकरण गरेसँगै सरकारले यसबाट बढी प्रभावित ८ देशबाट नेपाल आउने नेपाली र विदेशीलाई १४ दिनसम्म अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीन, दक्षिण कोरिया, जापान, इरान, इटली, स्पेन, फ्रान्स र जर्मनबाट आउने व्यक्तिले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिइएको हो।
मन्त्रालयले भाइरसको रोकथाम तथा नियन्त्रणका लागि योजना, रणनीति तथा कार्यक्रम सार्वजानिक गरेको छ। नेपालमा कोरोना संक्रमण देखिएको अवस्थामा महामारी अवधिभर उडान बन्द गर्ने योजना बनाइएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो। कोभिड–१९ को जोखिम भएका मुलुकबाट नेपाल आउने यात्रुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरिएको छ।
उक्त अवसरमा नेपालमा हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ सय ५० जनाको जाँच गरिएको र पछिल्लो समय ४ जना टेकू र २ जनालाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको जानकारी दिइयो। आजको नेपाल समाचारपत्रमा समाचार छ ।
FACEBOOK COMMENTS