काठमाडौं,चैत १७ – कोरोना भाइरस (कोभिड १९)को आशंकामा पाटन अस्पतालको आइसीयूमामा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ।
धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए ।
उनलाई अत्यधिक ज्वरो देखिएपछि आइतबार अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमणका कारण मृत्यु भएको भन्ने पुष्टि भइसकेको छैन। उनको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ।
FACEBOOK COMMENTS