काठमाडौं,फागुन २९- कोरोना भाइरसको आशंकामा काठमाडौंमा ६ जना नेपालीलाई आइसोलेसन बार्डमा राखिएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालय भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताए ।
यसका साथै विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि उनले जानकारी दिए ।
FACEBOOK COMMENTS