काठमाडौं, चैत १७ – कोरोना संक्रमणको आशंकामा वीर अस्पतालमा भर्ना भएकी १५ बर्षीया युवतीको मृत्यु भएको छ ।
अस्पताल ल्याउँदा बेहोस अवस्थामा रहेकी युवतीलाई ज्वरो आउनुका साथैं सास फेर्न पनि गाहो भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई सोमबार बिहानमात्रै अस्पताल ल्याइएको थियो ।
उनमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि अस्पतालले उनको नमुना परिक्षणका लागि स्वाब टेकु अस्पतालमा पठाएको छ ।
चन्द्रागिरि नगरपालिकाकी विवासी उनी यही सातामात्र भारतबाट नेपाल आएकी थिइन्।
FACEBOOK COMMENTS