काठमाडौं, चैत १३ – कोरोना भाइरस ९कोभिड १९० का कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार १ सय ९८ पुगेको छ । विश्वभर ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ । अघिल्लो २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गुमाएका छन् ।
इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या ७४ हजार ३ सय ८६ छन् जसमध्ये ३ हजार ४ सय ८९ को अवस्था गम्भीर छ । इटलीमा हालसम्म ७ हजार ५ सय ३ जनाले ज्यान गुमाइसकेका छन् ।
साथै स्पेनमा ७ हजार ४ सय ५७ नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ जसमध्ये ३ हजार १ सय ६६ को अवस्था नाजुक छ । स्पेनमा हाल सम्म ३ हजार ६ सय ४७ जनाको ज्यान गएको छ । यो चीनको भन्दा पनि धेरै हो । चीनमा अहिलेसम्म तीन हजार २ सय ८१ जनाको ज्यान गएको छ ।
अमेरिकामा पनि संक्रमण तीब्र रुपमा फैलिरहेको छ । ११ हजार ९४ नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६५ हजार ९ सय ५० पुगेको छ । जसमध्य १ हजार ४ सय ५२ को अवस्था नाजुक छ ।
फ्रान्समा पनि पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २ सय ३१ को मृत्यु भएको छ । फ्रान्समा अहिलेसम्म मृतकको संख्या १ हजार ३ सय ३१ पुगेको छ भने कूल २५ हजार २ सय ३३ संक्रमित छन् । यीमध्ये २ हजार ८ सय २७ को स्थिती नाजुक छ ।
जर्मनीमा पनि कोरोना भाइरस सङ्क्रमण ३७ हजार ३ सय ३२ जनामा पुष्टि भएकोमा २ सय ६ जनाको ज्यान गएको छ । ३ हजार पाँच सय ४७ जना निको भएका छन् । अहिले ३३ हजार पाँच सय ७० जना उपचार भइरहेको छ ।
यस्तै इरानमा २७ हजार १७ जनामा सङ्क्रमण भएकोमा २ हजार ७७ जनाको ज्यान गएको छ भने ९ हजार ६ सय २५ जना स्वस्थ भएका छन् । १५ हजार ३ सय १५ जनाको उपचार चलिरहेको छ ।
FACEBOOK COMMENTS