काठमाडौं, पुस ३ – अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउने बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमा मन्त्री पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका हुन।
खोप आयातका लागि हाल सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको र यसमा आर्थिक समस्या नहुने मन्त्री पौडेलको भनाई छ। कोरोना खोप आएपछि उमेर अनुसार र आवश्वयकता अनुसार भने लगाइने उनले स्पष्ट पारे ।
सरकारकाले सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको मन्त्री पौडेलले जानकारी दिए।
FACEBOOK COMMENTS