काठमाडौं, भदौ ५ – कोरोनाको जोखि बढेको भन्दै चितवन जिल्लामा निषेधाज्ञा एक साता थप गरिएको छ ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।
यसअघि ६ वटा मात्रै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने सबै सातबटै स्थानीय तहमा निषेधाज्ञा लागू हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
FACEBOOK COMMENTS