दिपक पराजुली
हेटौडा,चैत्र १८- बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस संक्रमण ,नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ।
मन्त्रीपरिषदबाट यो कार्यविधि पास भए संगै स्थानीय विपद व्यवस्थापन समितिलाई सहयोग गर्ने बाटो खुलेको सरकारका प्रबक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए । आइतबार नै बसेको विपद व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रुपमा बनेको विपद व्यवस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले महानगरलाई २० लाख ,उपमहानगरलाइ १५ लाख ,नगरलाई १२ लाख र गाउपालिकालाइ १० लाख दिने निर्णय गरेको छ। यसैगरी जिल्ला समन्वय समिति मकवानपुरमा बनेको समितिलाई ५ लाख दिने निर्णय गरेको छ। उक्त रकम कोरोना संक्रमण रोकथाम एवं उपचार ,आइसोलेसन तथा क्वारेन्टाइन निर्माण ,मेडिकल सामग्री खरिद देखि ,बिपन्न परिवारलाई राहत दिन सकिने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले बताए।
FACEBOOK COMMENTS