स्याङ्जा -कोरोना संक्रमण पोजेटिभ भेटिएका वालिङका एकजनाको पोखरामा निधन भएको छ । उनको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।
वालिङ नगरपालिका ३ निवासी ६० बर्षका पुरुषमा आइतवार हिजो साँझ मात्रै कोरोना पुष्टि भएको थियो । जेठ २१ गते राति भारतबाट वालिङ आईपुगेका ती पुरुषलाई २२ गते बिहानै पोखरा पठाइएको थियो । बिभिन्न रोगका बिरामी भएको जानकारी पाएपछि तत्कालै पोखरा पठाईएको वालिङ नगरपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS