काठमाडौं, वैशाख ३१ । दोस्रो लहरको कोरोना बढेसँगै वाणिज्य बैंकहरु थप सर्तक बनेका छन् । नेपाल बैंकर्स संघले आजदेखि वाणिज्य बैंकले कोरोनाकालमा दिने सेवामा थप घटाउने निर्णय गरेको हो ।
जसअनुसार, आजदेखि ५० हजारभन्दा कम डिपोजिट वाणिज्य बैंकले लिने छैनन् । यद्यपी, सेवाग्राहीले बैंकमा राखेको आफ्नो पैसा झिक्न भने पाउनेछन् ।
निषेधाज्ञामा पनि बैंकहरु भिडभाड भएपछि त्यसलाई घटाउन बैंकहले दिने अधिकांश सेवा घटाएका हुन् । निषेधाज्ञा अवधिमा डिम्याट खाता पनि नखोल्ने भएका छन् ।
तर, निषेधाज्ञा विप्रेषण भुक्तानी र रकम हस्तान्तरणको सेवा भने निरन्तर दिइने बैंकहरुले बताएका छन् । यसैगरी, अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित सेवा पनि रोकिने छैन ।
संघले डिजिट बैंकिङमा फोकस गर्न भन्दै अधिकांश सेवा प्रवाह रोकेको हो ।
FACEBOOK COMMENTS