काठमाडौँ — स्थगित गरिएको कोरोना बिमा शुक्रबारदेखि नै सुचारु भएको छ । कोरोना बिमाको दायित्व सरकार, बिमा कम्पनी, पुनर्बिमा र बिमा समिति सबैले व्यहोर्ने सहमति भएपछि शुक्रबारदेखि नै बिमा सूचारु गर्न बिमा समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।
बिमा गर्नेको संख्या बढेसँगै कम्पनीको पुँजीभन्दा दायित्व बढी भएको भन्दै केही समय थप बिमा स्थगन गर्न समितिले निर्देशन दिएको थियो ।
FACEBOOK COMMENTS