काठमाडौं, माघ १०- भारतमा कोरोना भाइरसको महामारीबाट निको हुने एक करोड तीन लाख नाघेका छन् । हालसम्म भारतमा १ करोड ६ लाख ४० हजार ५४४ जना संक्रमित भएका छन् । जसमा शुक्रबार मात्रै १४ हजार ३२१ जना थपिएका छन् ।
१७ हजार १६६ जनालाई शुक्रबार निको भएको छ । शुक्रबार १५३ जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार २२१ पुगेको छ ।
हाल १ लाख ८२ हजार ८३१ जना सक्रिय संक्रमित छन् । जसमा सबैभन्दा बढी केरल राज्यका हुन् । केरलमा धमाधम बढेका छन् । जहाँ अहिले ७० हजार ३९७ जना सक्रिय संक्रमित छन् । शुक्रबारमात्रै ६ हजार ७५३ जना बढेका छन् ।
महाराष्ट्रमा ४४ हजार ९२६ जना सक्रिय संक्रमित छन् । नेपालसँग सीमा जोडिएको बिहारमा हाल २ हजार ६०६ जनामात्र सक्रिय संक्रमित छन् ।
FACEBOOK COMMENTS