काठमाडौं, जेठ ४ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १९६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ ।
यस्तै आज ६ हजार ८९१ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसलाई परास्त गर्नेको संख्या ३ लाख ५२ हजार ४१४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २८ लाख १२ हजार ९५९ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ लाख १४ हजार ५२९ जना आइसोलेसन र ७५२ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS