काठमाडौं, २ फागुन- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको मृत्यु भएको छ।मृत्यु हुने दुबै जना बेलायतका हुन्। गैरआवासीय नेपाली संघका अनुसार यो सँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३ सय ३५ जना पुगेको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशका ६० हजार १ सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ५७ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७२ हजार ६ सय १४ जना छ भने २ लाख ६८ हजार ९ सय २९ जना अर्थात ९८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।
FACEBOOK COMMENTS