काठमाडौं,चैत ३ -कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गर्ने तयारी भएको छ । अमेरिकामा यो खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो ।
सोमबार हुने यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् ।खोप परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो ।
अमरिकाको सियाटलमा खोपको परिक्षण गरिँदै छ । उक्त खोपले बिरामीलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको भनाई छ ।
एम।आर।एन।ए–१२७३ नाम राखिएको भ्याक्सिनले पहिलो चरणमा कोरोना भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच गर्नेछ ।
FACEBOOK COMMENTS