काठमाडौँ, भाद्र ४ – कोरोना भाइरस खोप विश्वमा सबैभन्दा पहिलो बन्ने खोपमा दर्ता हुने भएको छ । यसभन्दा अघि स्क्रोफुला रोगको लागि खोप सबैभन्दा कम समयमा तयार पारिएको थियो । जसमा पनि ४ वर्ष लागेको थियो ।
कोरोना भाइरस देखिएको एक वर्ष पनि नपुग्दै दुई दर्जन बढी भ्याक्सिनहरू निर्माणका अन्तिम चरणमा पुगेका छन् । केही खोपहरू पनि परीक्षणको सफल चरणमा पुगेका छन् । धेरै देशहरूमा खोपहरू बनाउने प्रतिस्पर्धा पनि शुरु गरेका छन । रसिया, चीन, अमेरिका, बेलायत र भारत उनीहरूको स्वदेशी खोप बनाउने अन्तिम चरणमा छन् । यी देशहरूले अन्य देशलेभन्दा अलि चाँडो खोपका विकास गरेर महाव्यादीको संकटलाई हटाउलान ?
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले समेत कोरोना भाइरसको पहिलो खोपको सफलतापूर्ण विकास गरेको घोषणा गरिसकेका छन । रूसले विश्वको पहिलो कोरोना खोप बनाएको दावी गरेका छ । ११ अगस्तमा उनले खोपको बारेमा आफ्नै छोरीलाई सफलतापूर्वक परिक्षण समेत गरेको कुरा सम्पूर्ण विश्वलाई बताए ।
रूसी राष्ट्रपतिले गरेको घोषणालाई समर्थन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तीन खोपहरू परीक्षणको बिभिन्न चरणमा रहेको बताएका छन् । वैज्ञानिकहरूबाट खोपका बारेमा ग्रिन सिग्नल पाउने बित्तिकै यसको मास उत्पादनको लागि तयारी शुरु मोदीले घोषणा गरेका थिए । हामीले छोटो समयमा देशका जनतासम्म कसरी पुग्ने भनेर रोडमैप पनि बनाएका उनले भने । तीन भारतीय कम्पनीहरूले बायोटेक इन्टरनेसनल, जाइडस क्याडिला र भारतको सीरम कर्पोरेसनले खोप उत्पादनमा लागि परेका छन् ।
भारत बायोटेक कम्पनीले भारतीय चिकित्सा अनुसन्धान परिषद ९आईसीएमआर० का साथ काम गरिरहेको छ । यसले बनाइरहेको खोपको पनि परीक्षण भइरहेको छ । अर्कोतर्फ जाइडस क्याडिला मानव क्लिनिकल परीक्षणको पहिलो र दोस्रो चरणमा पुगेको छ । सीरम इस्टिच्यूटले खोपको चरण २ र ३ को परीक्षण सुरु गर्न लागेको छ । पुणे स्थित कम्पनीले एस्ट्राजेनेकासँग यो खोप निर्माण गर्न सहयोग पु¥याएको छ ।
FACEBOOK COMMENTS