डिएन घिसिङ
कोभिड १९ महामारीमा संक्रमण पहिचान गर्न बिश्वको ध्यान यतिबेला परिक्षण विधीमा मोडिएको छ।विश्वव्यापी स्वास्थ्य सेवा प्रणालीले कोरोना भाईरसको जाँच पोलीमेरेज चेन रिएक्शन (पिसिआर) माध्यामबाट गरिरहेका छन।पिसिआर परीक्षणले भाइरसको आनुवंशिक अनुक्रम पत्ता लगाउन मद्दत गरेको हुन्छ।जुन विधीलाई विश्व स्वास्थ्य संगठनले समेत उच्च प्राथमिकता दिएको छ।
अमेरिकी बायो क्यामेस्ट्रीस्ट डा.क्यारी बी मुलिसले सन १९८४मा सफल परिक्षण गरेपछि यसको महत्व पायो भने विश्व स्वास्थ्य बजारमा यसको माग समेत बढेको हो।पोलीमेरेज चेन रिएक्शन (पीसीआर) प्रविधिको आविष्कारको सम्मानमा डा.मुलिजलाई नोबेल पुरस्कारबाट समेत सम्मान गरिसकिएको छ । आणविक जीवविज्ञानको सबैभन्दा व्यापक रूपमा प्रयोग हुने विधिहरूको एक डिएनए परिक्षण प्रविधिको आबिस्कार गर्ने श्रेय उनकै पोल्टामा जान्छ ।
पीसीआर परीक्षण दुबै नाक र मुखको र्यालको नमूना मार्फत संकलन गरेपछि परिक्षण पस्चात नतिजा प्राप्त हुन्छ। एन्टिबडी रक्त परिक्षणले भने संक्रमणको सक्रिय दरको मात्रा पत्ता लगाउन सकिन्छ।पिसिआर विधिले बिभिन्न किसिमका रोगको परीक्षण गर्नुको साथै भाइरसका आनुवंशिक गुण समेत पत्ता लगाउँछ।
कोभिड १९ कोरोना भाइरसको लागि दुई मुख्य परीक्षण विधी अर्थात पिसिआर स्वाब टेस्ट र एन्टिबडी रक्त परीक्षण गरिने गरिएको छ । पीसीआर परीक्षण दुबै नाक र मुखको र्यालको नमूना मार्फत संकलन गरेपछि परिक्षण पस्चात नतिजा प्राप्त हुन्छ। एन्टिबडी रक्त परिक्षणले भने संक्रमणको सक्रिय दरको मात्रा पत्ता लगाउन सकिन्छ।पिसिआर विधिले बिभिन्न किसिमका रोगको परीक्षण गर्नुको साथै भाइरसका आनुवंशिक गुण समेत पत्ता लगाउँछ।
पीसीआर परीक्षण शरीरको प्रतिरक्षा,प्रतिक्रिया वा एन्टिजीनको अवस्थ पत्ता लगाउन पनि प्रयोग गरिन्छ। त्यसकारण पिसिआरले भाइरल रोगहरुको लक्षण पत्ता लगाउन अहम् भूमिका खेल्दछ । भर्टीक मेडिकल सर्भिसका लेखक क्लो केन्ट लेख्छ्न “पीसीआरले संक्रमण बारे राम्रो संकेत दिन्छ । यसले रोगको अवस्थालाई समेत स्पष्ट चित्रण गर्न सघाउ पुर्याउछ।” उनी आगाडी लेख्छन “यो हालको प्रमुख विशेष जैविक भाइरसको प्रजाति,जीन वा प्रभावको विशेषतालाई परीक्षणबाट स्पष्ट तस्वीर प्राप्त गर्न सकिन्छ ।”
बिशेषत: इबोला भाइरस र जीका भाइरस जस्ता अन्य रोगहरूको वास्तविक अनुसन्धान गर्न समेत यसको प्रयोग भएको छ । पीसीआर विधि मार्फत कोभिड १९ भाइरसको अन्तराष्ट्रिय परीक्षण क्षमतामा समेत व्यापकता आएको छ ।
पिसिआर एक साधारण प्रयोगशाला प्रविधि हो।आनुवंशिक अवस्थाको जुनसुकै पनि प्रयोगकर्ताले पनि यसको सहायता लिन सक्छ। पीसीआर आणविक जीव विज्ञान अनुसंधान र चिकित्साको धेरै क्षेत्रमा प्रयोग गरिन्छ।पिसिआर टेस्ट भाइरस पत्ता लगाउनको लागि भरपर्दो विधिको रुपमा प्रयोगमा आएको हो।बिशेषत: इबोला भाइरस र जीका भाइरस जस्ता अन्य रोगहरूको वास्तविक अनुसन्धान गर्न समेत यसको प्रयोग भएको छ । पीसीआर विधि मार्फत कोभिड १९ भाइरसको अन्तराष्ट्रिय परीक्षण क्षमतामा समेत व्यापकता आएको छ ।
कोरोना भाइरस विरुद्धको खोप वा औषधी आबिस्कार नहुन्जेल तत्काल परिक्षण गरेर संक्रमितको पहिचान र उच्च सतर्कता अपनाउने एउटा बलियो आधारको रूपमा पिसीआर विधी देखा परेको छ।कोरोना महामारीको भयावह अवस्थामा पिसिआर टेस्टको दायर निकै मह्त्वपुर्ण साबित भएको छ।यसले रोगपहिचान र संक्रमित अवस्थाको स्पष्ट खाका ल्याउन पनि मद्दत गर्दछ। कोरोना भाइरसको लागि नमूना परीक्षण र संक्रमितको अवस्थालाई ख्याल गर्न पिसिआर टेस्टले धेरै सघाउ पुराएको छ।बिशेषत: पिसीआर परिक्षणले प्रारम्भिक संक्रमण पहिचान र समुदायमा सजकता अपनाउ सहयोगी भुमिका खेलेको छ।
FACEBOOK COMMENTS