काठमाडौं, बैशाख २३ – भारतमा कोरोना भाइरस (कोभिड- १९)बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । सोमबार एकै दिन ३९ सय ३२ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ।
भारतमा सोमबार ८३ जनाको ज्यान गएको छ भने अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ । त्यहाँ अहिलेसम्म १२ हजार ८ सय ४७ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ।
यसैबीच दिल्लीमा थप तीन नियन्त्रित क्षेत्रलाई खुला गरिएको छ । योसँगै भारतको राजधानी दिल्लीमा नियन्त्रित क्षेत्रको सङ्ख्या ९० भएको छ । भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ।
FACEBOOK COMMENTS