काठमाडौं,चैत २१- विश्व मानव जगतलाई आक्रान्त पारेको कोरोना भाइरस (कोभिड- १९)को संक्रमणबाट विश्वभर दश लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने यो दुई सय चार देशमा फैलिएको छ ।
पछिल्लो तथ्यांक अनुसार यस महामारीका कारण ५२ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरै बृद्धबृद्धा र दिर्घरोगी रहेका छन् । विश्वभर हालसम्म यस महामारीका कारण १० लाख १४ हजार दुई सय ९६ जना संक्रमित भएका छन् भने संक्रमित मध्य दुई लाख १२ हजार १८ जना उपचारपछि निको भएर घर गइसकेका छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै फ्रान्समा एक हजार ३ सय ५५ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ३ सय ८७ पुगेको छ । फ्रान्समा कोरोना संक्रमित ५९ हजार १ सय ५, जना पुगेका छन् ।
त्यसै गरी पछिल्लो २४ घण्टामा स्पेनमा ज्यान गुमाउनेको संख्या ९ सय ६१ पुगेको छ । त्यहाँ हाल सम्म १० हजार ३ सय ४८ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित हुनेको संख्या एक लाख १२ हजार ६५ पुगेको छ ।
त्यसै गरी कोरोनाको सबै भन्दा बढी चपेटामा परेको इटलीमा हालसम्म १३ हजार ९ सय १५ जनाको ज्यान गएको छ । इटलीमा बिहीबार मात्रै ७ सय ६० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ६८ नयाँ संक्रमित थपिएसँगै इटालीमा कुल संक्रमितको संख्या एक लाख १५ हजार २४२ पुगेको छ ।
विश्वको शक्तिशाली मुलुक अमेरिकामा पनि पछिल्लो २४ घण्टामा ९ सय ६० जनाको मृत्यु भएको छ । यहाँ हलसम्म मृत्यु हुनेको संख्या ६ हजार ६२ पुगेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या इटालीको भन्दा दोब्बरले बढी रहेको छ । अमेरिकामा मात्रै दुई लाख ४४ हजार दुई सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यहाँ पछिल्लो २४ घण्टामा २९ हजार ३१७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यसैगरी जर्मनीमा कुल संक्रमितको संख्या ८४ हजार ७ सय ९४ पुगेको छ । यहाँ मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको छ ।
FACEBOOK COMMENTS