काठमाडौं, पुस २ – फाइजर कम्पनीद्वारा उत्पादित कोरोनाको भ्याक्सिन लगाएका एक स्वास्थ्यकर्मीमा ‘एलर्जिक रियाक्सन’ देखिएको भन्ने खबरमा कम्पनीले आफ्नो अनुसन्धान थालेको बताएको छ ।
‘हामीसँग गम्भीर एलर्जिक रियाक्सन भएको भन्ने अलास्काको सबै रिपोर्ट उपलब्ध छैन तर हामीले यस विषयमा स्थानीय स्वास्थ्यकर्मीसँग आवश्यक समन्वय गरिरहेका छौं,’ फाइजरका प्रवक्ताले सीएनएनलाई बताइन् ।
‘हामी एलिर्जिक रियाक्सन के कति कारणले भए भन्ने विषयलाई निकै सूक्ष्म ढङ्गले अनुसन्धान गर्नेछौं,’ उनले भनिन् । ‘भ्याक्सिनमा हामीले स्पष्टसँग लेखेका छौं कि भ्याक्सिन लगाएपछि दुर्लभ एनाफिल्याक्टिक हुने सम्भावना रहेकोले पहिले नै स्वास्थ्यो उपचार र विज्ञको सल्लाह तयार पारेर राख्नुपर्छ । बेलायतका स्वास्थ्य अधिकारीलाई यस महिनाको सुरुवातमा भ्याक्सिन उपलब्ध गराउँदा दुईजनामा एलर्जिक रियाक्सन देखिएको तर उनीहरु तत्काल निको भएका थिए । ’
द न्यूयोर्क टाइम्सले अलास्काका स्वास्थ्य अधिकारीमा रियाक्सन देखिएको भनेर पहिलो पटक जानकारी दिएको हो ।
‘तेस्रो चरणको ट्रायलमा हामीले त्यस्ता व्यक्तिलाई सहभागी गराएनौं जसलाई पहिले पनि कुनै भ्याक्सिनको एलर्जी भएको होस् वा अनुसन्धानात्मक भ्याक्सिनका केही तत्वसँग गम्भीर एलर्जिक रियाक्सन (एनाफिल्याक्सिस) देखिएको होस्,’ फाइजरकी प्रवक्ताले भनिन् ।
‘समग्रमा भन्ने हो भने हाम्रो क्लिनिकल ट्राइलमा भ्याक्सिनका कारण गम्भीर एलर्जिक रियाक्सन निम्तिएको कुनै घटना भने थिएन । यद्यपि, हाम्रो भ्याक्सिन सम्बन्धि बाहिरबाट जतिपनि प्रतिक्रिया आइरहेका छन्, त्यो हाम्रो लागि निकै महत्वपूर्ण छ,’ उनले भनिन् ।
FACEBOOK COMMENTS