डिएन घिसिङ
डर एक स्वभाविक प्रतिकृया हो।यो मानविय गुण पनि हो।यतिबेला संसार भर कोरोना कहर उत्कर्शमा पुगेको छ। विश्व स्वास्थ्य संगठनले समेत जबसम्म कोरोना विरुद्ध स्वास्थ्य प्रतीरक्षा वा निर्मुल गर्ने वैज्ञानिक आविस्कार हुँदैन तबसम्म स्वयं सजग र आत्मबिश्वासी हुनुपर्ने भन्दै उच्च सतर्कताका लागि अपिल गरेको छ । यस माझ प्रतिरक्षा क्षमतालाई कसरी मजबुत तुल्याउने भन्ने बारेमा कयौ तर्क र तथ्यहरु उजागर भएका छन । यद्यपी खोपबाट मात्रै यसलाई नियण्त्रण गर्न सकिने बिषयले तमाम मानिसमा एक खाले संवेदनशील चिन्ताको अनुभूति पनि दिलाएको छ ।
जनजीवन व्यवस्थापनमा सर्वसुलभ नहुदा, फरक वातावरण आदी जस्ता परिस्थितीका कारण पनि हरकोही मानिसले खतरा महशुस गरिराखेको हुन्छ। डर एउटा शक्तिशाली भावना हो। दिमाग र शरीरमा यसको धेरै कडा प्रभाव रहने गर्दछ ।
“सामान्य रुपमा हरेक मानिसहरुलाई एनजाईटी हुन्छ तर अत्याधिक रुपमा बिनाकारण मनमा डर लाग्नु आत्तिनु एनजाईटी डिसअर्डर मानिन्छ।जुन मनोचिकित्साकीय परिक्षण वा सल्लाहको आवश्यकता रहन्छ।”
अक्सर डर र चिन्ता छोटो समयको लागि रहन्छ र त्यसपछि आफै हटेर जाने हुन्छ।तर धेरै लामो समयसम्म रहनेलाई भने चिकित्सक भाषामा एनजाईटी भनिन्छ।जुन ठ्याक्कै के कारणले गर्दा भएको भन्ने पत्ता लगाउन गार्हो हुन्छ। सामान्य रुपमा हरेक मानिसहरुलाई एनजाईटी हुन्छ तर अत्याधिक रुपमा बिनाकारण मनमा डर लाग्नु आत्तिनु एनजाईटी डिसअर्डर मानिन्छ।जुन मनोचिकित्साकीय परिक्षण वा सल्लाहको आवश्यकता रहन्छ।पोषण,निद्रा,ध्यान,दैनिकी जीवन, सामाजिक ,आर्थिक क्रियाकलापमा नियमित भन्दा फरक भएमा डर वा भय जस्ता भावना आउने गर्दछ।
कोरोना महामारीको शुरुवातमा जति मानिस भयभीत थिए त्यति अहिले छैन।संक्रमणको खतराले मनोवैज्ञानिक प्रतिक्रियाहरूलाई टर्न गर्न अर्थात बंग्याउन सक्छ, त्यसैगरी अप्रत्याशित तरिकामा व्यवहार गर्न अग्रसर गराउँदछ ।बिबिसीको बिशेष स्तम्भमा डेभिड रोबसनले कोरोना रोगको प्रतिक्रियाहरुलाई सन्दर्भमा बुझ्नु आवश्यक रहेको औल्याएका छन ।
अन्य रोगहरुको आधुनिक औषधीको जन्म हुनुअघि संक्रामक मानिसमा बाँच्नको लागि सबैभन्दा ठूलो खतरा हुने गरेको थियो। जुन सहज बनाएको छ। डेभिड लेख्छन ‘कुनै पनि संक्रमणको जोखिम बुझ्न सकेमा मनोवैज्ञानिक प्रतिक्रियाहरू तय हुने गर्दछ जसलाई हामीले “व्यवहार प्रतिरोधात्मक प्रणाली” भनेका छौ ।सम्भावित रोगसँगको हाम्रो सम्पर्कलाई कम गर्न रक्षाको पहिलो लाइनको रूपमा कार्य गर्नु पनि एउटा मनोबैज्ञानिक अधारसिला हो’
“विश्व लगभग कोरोनाभाइरस महामारीका कारण सिर्जित एक विनाशकारी मन्दीमा लगभग जगडीएको छ।यसले एक खालको भय उत्पन्न गराएको छ कि अब के हुने हो ? यसर्थ, डर बढ्न थालेको छ कि मन्दी शुरुवाती अवस्था भन्दा लामो समयसम्म रहन सक्छ। सम्भावित रूपमा अर्को वर्षसम्म कायम रहन्छ। ”
कोरोना महामारी पछीको अर्को डर लाग्दो सवालमा आर्थिक पक्षलाई लिएर हेरिएको छ ।न्युयोर्क टाइम्सको एक बिशेष आलेखमा पेटर गोटम्यान लेख्छन ‘डर बढ्दैछ कि विश्वव्यापी आर्थिक मन्दी हुन सक्छ ।विश्व लगभग कोरोनाभाइरस महामारीका कारण सिर्जित एक विनाशकारी मन्दीमा लगभग जगडीएको छ।यसले एक खालको भय उत्पन्न गराएको छ कि अब के हुने हो ? यसर्थ, डर बढ्न थालेको छ कि मन्दी शुरुवाती अवस्था भन्दा लामो समयसम्म रहन सक्छ। सम्भावित रूपमा अर्को वर्षसम्म कायम रहन्छ।
अमेरिकाबाट प्रकाशित हुने साइकेटिक टाइमसको सोधमा उल्लेख गरेअनुसार बढदो संक्रमण रोगको प्रकोपले डर र अनिश्चिततालाई बढवा दिन्छ। डा.जोसुवा मोर्गास्तेनले संक्रमित बिरामीहरूले परिवार र रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको साथको आवश्यक रहेको कुरा उल्लेख गर्दै उनीहरूको परिवारलाई सुरक्षित र स्वस्थ राख्नको लागि सबैभन्दा नयाँ अद्यावधिक जानकारी प्राप्त गर्दा त्रास कम गर्न सक्ने बताएका छन । रोगीहरुलाई प्रकोपको सामना गर्न परिवार योजना विकास गर्न प्रोत्साहित गर्दा मानिसहरूलाई उनीहरूका लागि हेरचाह गर्न सक्ने कदमहरू छन् भनेर सम्झना गराउँने पनि उनले स्पस्ट पारेका छन् ।
१. संक्रमित हुने खतरालाई परिस्थिति अनुकुल सहज प्रतिरक्षा गर्ने
सबैभन्दा महत्त्वपूर्ण कुरा सजक हुनु हो।सजकको अर्थ गम्भीरतालाई ध्यानमा राख्ने भन्न खोजिएको हो।महामारीले विकराल रुप लिनुमा लापरबाह प्रमुख कारण हुने गर्छ । कुनै पनि रोगको संक्रमण अवस्था सामान्य अवस्थाबाट विकराल हुनुमा उपचार विधि मात्रै मह्त्वपुर्ण होइन।त्यसमा सामाजिक क्रियाकलापले पनि धेरै अर्थ राख्ने गर्दछ।कतिपय रोगको बर्षौ देखी निर्मुल गर्ने औषधी उपचार समेत सम्भव भएको छैन।त्यसलाई प्रतिरक्षा गर्ने अवधारण नै सशक्त स्वास्थ्य हतियार भएको छ।कोरोनाको त्रासमा पनि अब यो विकल्प सबैभन्दा भरपर्दो बन्ने आँकलन गरिएको छ।सामाजिक दुरी, सरसफाइ अस्वभाविक भिडभाड लगायतका क्रियाकलापलाई सबै भन्दा महत्वपुर्ण रुपमा हेरिएको छ। परिस्थिति अनुकुलताको वातावरण नै कोरना विरुद्धको लडाईको पहिलो खुटकिलो रहने छ।
२. निरोगी परिणामको कल्पना
अर्धचेतन दिमागसँग कुराकानीलाई प्राथमिकता राख्नु सकारात्मक रहन्छ, किनकि यसले कुनै पनि गतिविधिलाई के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा सघाउ पुर्याउछ ।यसका अलवा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने पोषण र ब्यायाम महत्त्वपूर्ण कुरा रहने छ। त्यसैले निरोगी हुने निष्कर्षको कल्पना साथै नियमित क्रियाकलापको बानी बसाल्नु उचित हुन्छ र यसले अर्धचेतलाई सकृय बनाउन मद्दत पनि गर्नेछ। यदि नकारात्मक नतिजा मात्र कल्पना गर्नुहुन्छ भने, त्यहा अर्धचेतना भ्रमित हुनेछ । त्यसकारण चाहनु भएको नतिजाको बारेमा ध्यानाकर्षण गर्न जरुरी रहन्छ ।
३. संक्रमण हुने खतरा आँकलन
डरको सबभन्दा साधारण कारण रोग संक्रमीत हुने सम्भावना हो। त्यो वास्तविक छैन। यो परिस्थिति कृयाको उपज हो। कुनै पनि क्रियाकलापमा सजक र स्वास्थ्य सुरक्षा बारेमा चेतनशिल भएर प्रतिरक्षा विधी अपनाएपछी सामान्य अवस्थामा रहन्छ।केहि नकारात्मक अवधारणाले डर वा चिन्ता बढाउने गर्दछ।मानसिक अन्तर्द्वन्दले सिथिलता निम्त्याउछ । वेचैनी पैदा गर्छ । साथै, रोगी र निरोगी एकै कुरालाई हेर्ने दुई फरक तरिकाहरू छन्। त्यसकारण आत्मबल र विश्वास सबैभन्दा बलियो कडी हो।स्वस्थ हुनका लागी चेतनासंगै केहि सुधार र परिवर्तन आवश्यक पर्छ । एक पटक विश्वास गर्नुभयो कि त्यहाँ अस्वस्थको कुनै गुन्जायस नै छैन र यो केवल प्रतिक्रिया मात्र हो अनि आत्मबल बढेर आउछ ।
४. चुनौतीलाई अंगालौ
शारीरिक परिवर्तनलाई अँगालेर रमाइलो गर्नुहोस्।खुला हातले चुनौतीलाई स्वागत गर्नुहोस्।हरेक शारीरिक क्रियाकलाप आफैमा उर्जाशिल हुने गर्दछ। त्यसले शरीरमा उत्पन्न हुने डर पछाडि धकेल्न मद्दत गर्दछ।स्वयमले आफ्नो फरक हाउभाउ र रवाफलाई महत्त्व दिदै बढवा दिनुहोस्। स्वास्थ्यसँग आर्थिक क्रियाकलाप जोडेर कदापि हेर्नु हुदैन।भबिस्यमा आईपर्न सक्ने आर्थिक संकटलाई समेत बारम्बार सोचाइ गर्न उपर्युक्त हुँदैन।वर्तमानमा जे खुशी हो त्यही भविश्यमा पनि मिल्छ।त्यसकारण एक विजेताका भावनाहरू बिस्तारै प्रकट गर्दै लैजाउनुहोस्। यस्ता भावनाहरूले ध्यान केन्द्रिकृत गर्न मद्धत गर्दछ।यसबाट अधिकतम क्षमतालाई हजारौं घण्टाको प्रशिक्षणको परिणाम जत्तिकै भरोसा दिन सक्षम होइन्छ।र यस्ता भावनाहरूले सामान्यतया उर्जाशील बन्न प्रेरित तुल्याउँदछ ।
FACEBOOK COMMENTS