काठमाडौं,चैत १२ – कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारर कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गरेको छ ।
मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका हुन् ।
एनसेलले उक्त रकमले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै सङ्क्रमित बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।
FACEBOOK COMMENTS