काठमाडौं, असोज १५ – कोरोना भाइरसको पहिलो खोप दर्ता गराएको रुसले फेरि अको सफलता हासिल गरेको दावी गरेको छ । अब रूस परीक्षणको नतीजा निकाल्ने क्रममा अग्रणी देखिएको दावी गरेको हो । पहिलो छ हप्ताको आधारमा, रूस यसको खोप परीक्षणको तेस्रो चरणको प्रारम्भिक परिणामहरू जारी गर्ने योजना सार्वजनिक गरेको छ । स्पुतनिक भि खोप बनाउने गम्मेलिया इन्स्टिच्युटका प्रमुख अलेक्ज्याण्डर जिन्टेस्बर्गले यो जानकारी रोयटर्सलाई दिएका छन् ।
जिन्टेस्बर्गका अनुसार खोपले देखाएको गति महत्वपूर्ण छ, यद्यपि त्यसमा सुरक्षासँग कुनै सम्झौता गरिएको छैनौं । मान्छेहरू युद्धमा मरेको जसरी मरिरहेका छन । यस्तो बेलामा यो खोपको परिक्षणले गति पाउनु महत्वपूर्ण छ । यो खोप निश्चित समय सीमामा बनाउनुप¥यो, तर सबै आवश्यक दिशानिर्देशहरू खोप जाँचमा पछ्याइएको छ र सुरक्षाको ख्याल राखिएको छ ।
खोप ट्रायलहरू अझै पनि विश्वभर भइरहेको छन । रसियाली खोपको तेस्रो चरणको नतीजा घोषणा गर्ने पहिलो देश बन्न पुगेको छ । रसियन खोपमा लगानी गर्ने सौभरेन्ट वेल्थ कोषले अक्टूबर वा नोभेम्बरसम्म यसको खोपको नतिजा अपेक्षा गरेको छ ।
रुसको खोप धेरै देशहरूका खोपहरू तिनीहरूको तेस्रो चरणको आन्तरिक परीक्षणको नतिजा भने सार्वजनिक गरेका छैनन । यी खोप बनाउने कम्पनीहरूले उनीहरूको परिणामको घोषणा लागि कुर्ने छन जब उनीहरू यसको सुरक्षाको बारेमा पूर्ण रूपले विश्वस्त हुँदैनन् ।
रसियन वैज्ञानिक जिन्टेस्बर्ग भन्छन्, ‘मानिसहरू परीक्षणको नतीजामा चासो राख्छन् र मानिसहरूले यसको लामो समयदेखि पर्खिरहेका छन्। खोप लगाएका ४०,००० स्वयंसेवकहरूलाई १८० दिनसम्म अवलोकनमा राखिएको छ । अब उनको टोलीले अन्तिम परिणामहरु आउने छन र त्यसपछि यो एक अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित हुनेछ ।’
रूसी खोपको पहिलो चरणको नतिजा द लान्सेट पत्रिकामा पहिले नै प्रकाशित भइसकेको छ । त्यहाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म यो खोप करिब ४०० सर्वसाधारणलाई दिइइसकेको छ । रोयटर्सका अनुसार यो परीक्षणको तेस्रो चरणको नतीजा पछि मात्र ६० बर्ष भन्दा माथिका व्यक्तिलाई जन खोप अभियानमा सामेल गर्ने निर्णय हुनेछ।
गिन्ट्सबर्ग भन्छन् , ‘खोपको तेस्रो चरण परीक्षणमा कुनै गम्भीर साइड इफेक्टहरू देखिएका छैन। सार्वजनिक प्रयोगको लागि खोप दर्ता गर्ने निर्णयको पक्ष लिनुभयो र यसलाई नैतिक दृष्टिकोणबाट सबैभन्दा महत्त्वपूर्ण पाइला हुने छ। ‘
जिन्टेस्बर्गले भने, ‘रूसको लक्ष्य प्लेसबो भन्दा ७५ प्रतिशत बढी प्रभावकारी बनाउने थियो । ४०,००० स्वयंसेवकहरुमा गरिरहेको परीक्षण प्रभावी छ । यसका कारण रुसमा अहिले कोरोना भाइरस धेरै बिस्तारै फैलिरहेको छ ।’
FACEBOOK COMMENTS