डिएन घिसिङ ,
साउन २५ – विश्वका अधिकांश शक्तिशाली राष्ट्रका चिकित्सक, अनुसन्धानकर्ताहरू यतिबेला कोरोनाभाइरस विरुद्धको औषधि पत्ता लगाउन दत्तचित्त भएर लागेका छ्न। भ्याक्सिन वा भाइरससँग लड्नको लागि प्रतिरोधात्मक क्षमताको औषधी तयारी गर्ने सम्बन्धमा क्लिनिकल टेस्ट लगायत गहन अध्ययन र अनुसन्धान हुदै आइरहेता पनि नतिजा भने दिन सकिरहेको छैन। विश्व स्वास्थ्य सङ्गठनले महामारी निर्मुलका लागि भ्याक्सिन उत्पादन सम्बन्धमा एकिन समयको किटान नरहने तर्कले पनि महामारी लम्बिन सक्ने आकलन गर्न सकिन्छ । साथै प्रतिरक्षा गर्न सामाजिक दुरी वा सुरक्षित जीवनयापनका लागी आग्रहले पनि थप पुस्टी गरेको छ।
कोरोना भाइरस विरुद्धको खोप सम्बन्धमा बिबिसीका स्वास्थ्य तथा बिज्ञान संवाददाता जेम्स गालाजिरले बेलायत स्थीत अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको परीक्षणले हौसला बढाएको उल्लेख गरेका छन् । उनको भनाईमा सो खोपले प्रतिरोधात्मक क्षमतालाई सहायता गर्न सक्छ । युकेमा मात्र १० करोड डोज आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर भैसकेको छ ।जसका कारण संयुक्त अधिराज्यबासीलाई यसले थप हौसला दिलाएको छ।यद्यपि चीन, अमेरिका,रुस र फ्रान्स लगायतका देशहरु कोरोना विरुद्धको खोप उत्पादनको लागी अग्रपंक्तिको दौडमा सामेल रहेका छन्। बाजी भने कसले पार्ला विश्वव्यापी निदानको सन्देश प्रवाह पछि मात्र निर्क्यौल हुनेछ ।
वैज्ञानिकहरुले गर्दै आएको कोरोना विरुद्धको भ्याक्सिन वा औषधीको खोज तथा अनुसन्धानको उपलब्धिलाई मानव परिक्षण अर्थात क्लिनिकल टेस्ट अनिवार्य रहने विश्व स्वास्थ्य संगठनले जनाएको छ । कुनैपनी अनुसन्धानको प्रारम्भिक प्रक्रियाहरुको प्राबिधिक तयारीमा बैज्ञानिकता पुस्टी हुनुपर्ने कुरालाई महत्वका साथ हेरिएको छ। यद्यपि धेरै विज्ञहरूले यो खोप २०२१ को बीचमा व्यापक रूपमा उपलब्ध हुने सम्भावना दर्शाएका छन्।
विश्व स्वास्थ संगठन र कोरोना भाइरस
विश्व स्वास्थ संगठन(डब्ल्यूएचओ) ले विश्वभर छरिएर रहेका वैज्ञानिक र विश्वव्यापी स्वास्थ्य चिकित्सकहरुसँग कोभिड १९ कोरोना बारे ब्यापक अनुसन्धान र प्रक्रियाको गति बढाएको छ ।संगठनले कोरोनाभाइरस महामारीको फैलावटलाई नियन्त्रण गर्न नयाँ मापदण्ड र प्रभावितहरूलाई मद्दत गर्न सहयोग पुर्याउदै आइरहेको पाईन्छ भने कोरोना भाइरस विरुद्धको खोप वा औषधीको उत्पादन र आबिस्कारमा जुटेका देशलाई तालुकातका हैसियतल नियमन गर्दै चिकित्सकीय बैज्ञानिक आधार स्तम्भ तयार गराउन मद्धत गरिरहेको पनि भेटिन्छ ।
स्वास्थ सम्बन्धमा विश्व समुदाय प्रतिको चिन्ता, चासो, जिम्मेवारी र एक्यबद्धता दर्शाउने विश्व स्वास्थ संगठनको प्रशासकीय र व्यवस्थापन सहयोगमा विकसित राष्ट्रहरुको साथ उपलब्ध हुदै आईरहेको छ।पछिल्लो समय कोरोना महामारीको सन्दर्भमा उब्जिएका राजनीति अस्थिरताले विश्व स्वास्थ्य संगठनको व्यवस्थापनमा असर पर्ने देखिन्छ। महामारी फैलदै गर्दा अमेरीका र चीन बीचको शक्ति असंतुलन र धुर्वीकरण एक प्रमुख कारण हो । दातृरास्ट्रको हैसियतमा अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिदै आइरहेको सहायता कटौती गर्ने निर्णय बहसको बिषय बन्दै आइरहेको छ।
यद्यपि: कोभिड १९ अर्थात कोरोना भाइरसको प्रतिरक्षा र नियन्त्रण गर्ने सन्दर्भमा औषधि उत्पादनमा सुनिश्चित गर्न सबै देशहरूको ऐक्यबद्धता आवश्यक रहने विश्व स्वास्थ्य संगठनले औल्याउँदै आएको छ ।
कोरोना भाइरसको खोप चुनौतीहरू
विगतका अनुसन्धानले कोभिड १९ खोपको विकासका लागि केही चुनौतिहरू रहेको तथ्य उजागार गरेका छन्। गहिरो अध्ययन र अनुसन्धान पस्चात खोपहरू जनावरहरूमा परीक्षण गरिएको छ। धेरै जसो खोपले जनावरहरूको अस्तित्वमा सुधार ल्यायो तर संक्रमणलाई रोक्न सकेन। केही खोपहरूले पनि जटिलताहरू निम्त्यायो, जस्तै फोक्सोको क्षति।त्यसैले यो मानवको लागि कति सुरक्षित छ भनेर निश्चित गर्न खोपको सम्पूर्ण रूपमा जाँच गर्नु आवश्यक देखिएको छ ।
कोभिड १९कोरोनाबाट संक्रमित वृद्ध उमेरका मानिसलाई भ्याक्सिन प्रभावकारी नहुने तथ्य अनुसन्धानले पत्ता लगाएको छ।
कोरोना भाइरस विरुद्धको खोप किन महत्वपुर्ण हुदैछ।
कोरोना भाइरस आममानिसमा सहजै फैलिन सक्ने भएकाले निर्मुलताको बाटोमा बैज्ञानिकहरुले खोज अनुसन्धान जारी राखेको हो।संक्रमण अवधीमा सामाजिक जीवन सबैभन्दा खतरापूर्ण अबस्थामा रहेको हुन्छ।तसर्थ अन्य रोग जस्तै कोरोना भाइरस प्रतिरक्षा गर्न वा निर्मुल गर्न भ्याक्सिन धेरै प्रभावकारी रहने विज्ञहरुले अर्थ्याएका छन्।
कोरोना संक्रमण पुर्व वा संक्रमीत पछीको अवस्थामा भ्याक्सिनले भाइरससँग लड्नको लागि प्रतिरोधात्मक क्षमताको विकास गर्नु हो।कोरोना भाइरस प्रतिरक्षा विधीको लागी चिकित्सकीय माध्यमबाट भ्याक्सिनले निकै आशालाग्दा परिवर्तन गर्ने तथ्यमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरु एक मत रहेका छन्। कोरोना प्रभावलाई निर्मुल पार्न दीर्घकालीन समाधानको रुपमा बैज्ञानिकहरुले खोपलाई अगाडि सारेका हुन।
FACEBOOK COMMENTS