काठमाडौं, भाद्र २३ – कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ। सितगंगा १२ अर्घाखाँची निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिए।
उनको स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्यमा सुधार नभएपछि मंगलबार बिहान अस्पतालमा मृत्यु भएको प्रजिअ कुरुङबाङले बताए। कोरोना भाइरस संक्रमणबाट बाँकेका मात्र ७ जनाको मृत्यु भइसकेको छ।
FACEBOOK COMMENTS