काठमाडौं,चैत १०- कोरोना भाइरसका कारण सबैभन्दा धेरै इटलीमा मनविय क्षति भएको छ । इटलीमा आइतबार मात्रै ज्यान गुमाउने ६ सय ५१ जना रहेका छन् ।
संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । इटालिमा शनिबार मात्र ७ सय ९३ को मृत्यु भएको थियो ।
इटलीले आफ्नो देशको स्थिती हेरेर अन्य देशले पाठ सिक्न आग्रह गरेको छ । उसले अन्य देशले कोरोना संक्रमणका लागि छिटो भन्दा छिटो उचित रणनिती बनाएर काम गर्न समेत आग्रह गरेको छ ।
कोरोना भाइरसको उत्पत्ति चीनमा भएपनि यसले चीनमा भन्दा इटलीमा विध्वंस मच्चाएको छ । कोरोना भाइरसको संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ ।
इटलीका रक्षामन्त्रीले एस्परलाई चिकित्सा उपकरण जस्तै, मास्क र भेन्टिलेर सहयोग गरिदिन आग्रह गरेका छन् । साथै इटलीको सरकारले इटलीमा भएका अमेरकी सैनिकलाई स्वास्थ्यकर्मी प्रदान गरिदिन र कोरोना विरुद्ध लडिरहेका इटलीका सैनिकलाई ‘फिल्ड हस्पिटल’ प्रदान गरेर सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS