काठमाडौं, वैशाख २८ – कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ जना पुगेको छ । सेनाले व्यवस्थापन गरेको शवलाई अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयले यति धेरै मृतक संख्या उल्लेख गरेको हो ।
अहिलेसम्म एकैदिनमा थपिएको यो सर्वाधिक संख्या हो । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमूना परीक्षणमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ३१६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ भने सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ ।
FACEBOOK COMMENTS