काठमाडौं, जेठ १३ – कोभिड–१९ संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको मृत्यु भएको छ । बिहिबार विहान सैनिक अस्पताल छाउनीमा केसीको निधन भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले बताए ।
उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिन अघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो । उनी काठमाडौंको न्युरोडका स्थानीय हुन् ।
FACEBOOK COMMENTS