काठमाडौं, जेठ २४ – कोभिड संक्रमणबाट मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ । २५ दिनअघि कोभिड संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ४२ वर्षीय सुवेदीको आइतबार राति निधन भएको हो ।
डा. सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक एवं निर्देशकसमेत रहेका थिए । ललितपुर इमाडोल घर भएका सुवेदीको सुरुआती चरणमा आफ्नै अस्पताल कोटेश्वस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा उपचार गरिएको थियो ।
अवस्था जटिल भएपछि १४ दिनअघि ह्याम्स पुर्याइएका उनी ४ दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए ।
FACEBOOK COMMENTS