काठमाडौँ, असोज २४ – कोरोना भाइरसको संक्रमणबाट ललितपुर बार एसोसिएसनका निवर्तमान एवम् अधिवक्ता दीपकबहादुर विष्टको मृत्यु भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–९, छम्पी घर भएका विष्टलाई शुरुमा रुघाखोकीको लक्षण देखिएको थियो । रुघाखोकीसँगै निमोनिया भएपछि विष्टलाई उपचारका लागि असोज १३ गते ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति ८ बजेतिर विष्टको मृत्यु भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS