काठमाडौं,४ फागुन- कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घन्टामा छ हजार तीन सय ८२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्यामा कमी आएपछि पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या घटेको हो ।
अमेरिकामा कोरोना संक्रमणबाट नौ सय ५१ जनाको मृत्यु भएको छ भने ५२ हजार ६ सय ५० जना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ब्राजीलमा छ सय एक जना, रुसमा तीन सय ९४ जना, फ्रान्समा चार सय १२ जना, बेलायतमा दुई सय ३० जना, स्पेनमा दुई सय ३४ जना, इटालीमा दुई सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यसैगरी मेक्सिकोमा चार सय ३६ जना, जर्मनीमा तीन सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
FACEBOOK COMMENTS