काठमाडौं, असोज २३ – कोशी अस्पतालमा कोरोना भाईरस संक्रमणबाट २० बर्षीय पुरुषको मृत्यु भएको छ । जिल्ला कारागार शाखा विराटनगरमा थुनामा रहेका ती युवकको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण हिजो अस्पताल भर्ना भर्ना भएका ती पुरुषको आज मृत्यु भएको कोशी अस्पताल विराटनगरले जनाएको छ । मृतक युवक लागू औषध मुद्दामा पुर्पक्षका लागि गएको माघदेखि थुनामा थिए । ती युवकमा यसअघि कुनै दीर्घरोग नभएको चिकित्सकहरुले बताएका छन् ।
FACEBOOK COMMENTS