काठमाडौं, भदौ २३ – नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणले एक जना पत्रकारको मृत्यु भएको छ ।
कपिलवस्तुमा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आएका उनको सोमबार दिउँसो मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाले जिल्लाका एक जना पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको जानकारी दिए ।
थापाका अनुसार ६० वर्षीय पत्रकारको दिउँसो २ बजे कपिलवस्तु अस्पतालमा मृत्यु भएको हो । कोरोना परीक्षणका लागि १० दिन अघि स्वाब लिइएकोमा उनको मृत्युपछि मात्रै साँझ रिपोर्ट पोजेटिभ आएको थियो । उनमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी समस्या पनि रहेको बताइएको छ ।
FACEBOOK COMMENTS