माधव पौडेल
तनहुँ, १५ असार-दमौली अस्पतालले कोभिड-१९ संक्रमितका लागि स्थापना गरिएको व्यास १ स्थित आदिकबि भानुभक्त क्याम्पस र व्यास ३ स्थित आईसोलेसन कक्षमा १ महिनासम्मको लागि दमौलीका युवाले दैनिक २० लिटरसम्म आबश्यकता बमोजिम दुध उपलब्ध गराउने भएका छन । आईसोलेसन कक्षमा रहेका नागरिकलाई उपचारको क्रममा पौष्टिक आहारको कमी नहोस भनी असार १५ गतेदेखि श्रावणको १५ गते सम्मको लागी दुग्ध व्यवस्थापन गर्न लागेका हुन ।
नेपाली कांग्रेस तनहुँका सदस्य तथा खनाल कन्स्ट्रक्सनको संचालक लक्ष्मीभक्त खनाल, नेपाली कांग्रेस व्यास नगर सचिव तथा व्यास ५ अध्यक्ष मोहन कुमार श्रेष्ठ, नेपाल बिद्यार्थी संघ तनहुँका पुर्ब अध्यक्ष बसन्त बहादुर आले र सुगम पेट्रोल पम्पका संचालक महेश बतास सहित ४ जनाले करिब ६० हजार बराबरको दुग्ध व्यवस्थापन गर्ने जिम्मा लिई कार्य शुरु गरेका हुन। हाल राज्यले तोकेका र दिदै गरेका सुबिधा भित्र दुध नपरेको देखेपछि सो सहयोग गरिएको लक्ष्मी भक्त खनालले बताए।
सहयोग दाताहरुको व्यवस्थापनमा आजैबाट आईसोलेसनका नागरिकलाई दुध दिन शुरु गरिएको आईसोलेसन रहेको क्याम्पसका स्वयसेवक संजय श्रेष्ठ र व्यास ३ स्थित आईसोलेसन कक्षका अहेब महेन्द्र गौतमले बताए। हाल उक्त आईसोलेसनमा तनहुँ जिल्लाका सबै पालिकाका करिब ५२ जना व्यक्तिहरुले उपचाररत छन् ।
FACEBOOK COMMENTS