काठमाडौं, चैत १४ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । संक्रमित दुबैको उपचार टेकु अस्पतालको आईसोलेनसमा राखेर भइरहेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिलेसम्म ८०२ जनाको कोरोना परीक्षण भएकोमा तीन जनामा मात्रै पोजेटिभ देखिएको बताए भने एक जना निको भएर घर फर्किसकेको जानकारी दिए ।
देवकोटाका अनुसार हाल १३ जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुमध्य टेकु अस्पतालमा ४ जना पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतालको आइसोलेनमा ३ जना रहेका छन् ।
FACEBOOK COMMENTS