काठमाडौं,चैत ११- कोरोना संक्रमित युवतीसँगै कतारको दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ मा आएका अर्का व्यक्ति पनि सरकारको सम्पर्कमा आएका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौर घर भएका ती युवा सम्पर्कमा आएपछि चिकित्सकको टोली उनको परिक्षणका लागि त्यसतर्फ जाँदैछ। तर ती युवामा ज्वरो आउने लगायत कोरोना भाइसरसँग मिल्ने अन्य कुनै लक्षण नदेखिएको जनाईएको छ ।
फ्रान्सबाट सोही जहाजमा नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा काठमाडौं आएका एक जना अर्का व्यक्ति बागलुङबाट सम्पर्कमा आएका हुन।
उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका बेला बागलुङमा विक थरका ती युवा सम्पर्कमा आएका हुन्।
चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी युवतीमा कोरोना संक्रमण देखिएपछि उनी स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्। उनको अहिले टेकु अस्पतालको आइसोलेसन बार्डमा राखेर उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS