काठमाडौं, कात्तिक १६ – कोरोनाभाइरस संक्रमण भएर बिरामी परेका प्रतिनिधि सभाका सांसद तथा कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ।
कात्तिक १ मा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेका उनलाई ज्वरो नघट्ने तथा निरन्तर लाग्ने खोकी निको नभएपछि वीर अस्पताल लगिएको थियो। वीर अस्पतालमा पनि स्वास्थ्य अवस्था सुधार नभएपछि ग्राण्डी अस्पताल लगिएका उनको शनिबार दिउँसोदेखि भेन्टिलेटरमा उपचार भइरहेको छ।
चिकित्सकहरूले उनलाई निमोनिया भएको बताएका विश्वकर्माका स्वकीय सचिव टेक विश्वकर्माले बताए।
“वीर अस्पतालमा राख्दा स्वास्थ्यमा सुधार नभएपछि ग्राण्डी ल्याएका हौं, हिजो दिउँसो १ बजेदेखि भेन्टिलेटरमा हुनुहुन्छ”, उनले भने, “कोरोना संक्रमण पुष्टि हुनुअघि सांसद विश्वकर्मालाई कुनै पनि स्वास्थ्य समस्या थिएन। कोरोनाकै कारण स्वास्थ्य समस्या जटिल भएको हो।”
FACEBOOK COMMENTS