१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले जानकारी दिए ।
कहाँ कति थपिए संक्रमित रु
मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरका एक पुरुष्नामा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै बाजुरामा ८६ जना संक्रमित थपिएका छन् । यस्तै डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३र१३ जनामा संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुका ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८र८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७र७ जना, सर्लाही र नुवाकोटका ६र६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५र५ जना, बाराका ४ जना, धनुषा र धादिङका ३र३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २र२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
FACEBOOK COMMENTS