काठमाडौं, ५ वैशाख – ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ ।
टस हारेर टस जितेर ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।
बैंग्लोरका लागि एबीडीविलियर्सले ७६ रनको अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ९ चौका र ३ छक्कासहित अविजित ७६ रन बनाए ।
यस्तै, ग्लेन म्यासबेलले ७८ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
काइल जेमिसन ४ बलमा एक चौका र एक छक्कासहित अविजित ११ रन जोडे ।
देवदत्त पन्डिक्कलले २८ वलमा २ चौकासहित २५ रन बनाए । कप्तान विराट कोहलीलेले ६ बलमा एक चौकासहित ५ रन जोडे । रजत पाटीदारले एक रनमै आउट भए ।
बलिङतर्फ कोलकत्ताका लागि वरुण चक्रवर्तीले २ विकेट लिए । प्रसिद्ध कृष्णा र पैट कमिन्सले समान एक–एक विकेट लिए ।
FACEBOOK COMMENTS