काठमाडौं, २२ असार – हालै नेपाल सरकारबाट कोलकाताका महावाणिज्यदूतावासका महावाणिज्यदूत इश्वर राज पौडेलसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष एवम् पदाधिकारीले भेट गरेका छन । चेम्बर भवनमा भएको उक्त भेटका क्रममा महावाणिज्यदूत पौडेललाई चेम्बर तर्फबाट स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा वोल्दै महावाणिज्यदूत पौडेलले नेपालको समग्र हितमा आफ्नो कार्य केन्द्रीत हुने बताए । साथै नेपाल चेम्बर लगायत फ्रेट फर्वाडर्स एशोसियसन,चेम्बरका कोलकाता स्थित समकक्षी संस्था इंडियन चेम्बर अफ कमर्श, कोलकाता, द बेंगाल चेम्बर अफ कमर्श एण्ड इण्ड्रस्टि कोलकता, इंडिया, फेडेरेशन अफ वेष्ट बेंगाल ट्रेड एशोसिएसनको उच्च स्तरीय निकाय समेतको सहकार्यमा व्यापार सहजीकरण गर्न आफु दृढ समर्पित रहि कार्य गर्ने विश्वास दिलाए । सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले सिपिङ लाइनले कन्टेनरमा लिने डिटेन्सन शुल्कमा एकरुपता नभएको हुंदा सो हटाउने तर्फ पहल गर्न अनुरोध गर्दै नेपालको लागि यथेस्ट रेल्वे मुभमेन्ट कार्गोको व्यवस्था हुनुपर्ने बताए ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले पारवहन लागत घटाउन तंहाबाट हुन सक्ने प्रयास जारी राख्न पहल हुनुपर्ने, कोलकाता कस्टम हाउससंग सुमधुर संम्बन्ध राखि नेपाली कार्गो लाई सहजीकरण गर्ने , कोलकाता पोर्ट ट्रस्टसंग समन्वय गरी पोर्टमा लाग्ने अनावश्यक झमेला एंव डिमरेज मिनाहा गरी व्यवसाय गर्न सहज गर्ने तर्फ आवश्यक पहल गरिदिन विशेष अनुरोध गरे ।
साथै विरगन्ज ड्राइ पोर्ट हुने गरी एल सि कारोवार गर्दा पारवहन लागत कम हुने भएकोले सिपिङ लाइनको सहयोगी भूमिका महत्वपूर्ण हुने हुंदा त्यस तर्फ पहल गरी दिन र कन्टेनर डिटेन्सन शुल्कलाई कम गर्न आवश्यक पहल गर्न समेत अनुरोध गरे । साथै उनले पारवहन तथा गोदाम व्यवस्था कंम्पनी लिमिटेड लगायत चेम्बरसंग समझदारी पत्रमा हस्ताक्षर भएका करिब चार वटा चेम्बरसंग समन्वय गरी व्यापार, लगानी र कोभिडको महामारी पस्चात मेला, प्रदर्शनीमा सहभागीतामा जोड दिनुपर्ने बताए ।
सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष, श्री राजेन्द्र मल्ल, उपाध्यक्ष, श्री कमलेश कुमार अग्रवाल लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS