काठमाण्डौँ — नेपाल सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको कोशी करिडोर २२० केभी प्रसारण लाइन (हाइटेन्सन) आयोजनाको काम अवरुद्ध भएको एक महिना बितिसकेको छ।
प्रसारण लाइन टावर निर्माण कार्य सुरु भएपछि धरानको वडा नं २० का बासिन्दाहरुले आफुहरुलाई असर पर्ने भन्दै गत कार्तिक अन्तिम साता काममा अवरोध गरेका थिए।
भारत सरकारको समेत चासो रहेको भनिएको आयोजना अवरोध भएको बारे विद्युत प्राधिकरण र उर्जा मन्त्री पनि जानकार छन्।
तर, अहिलेसम्म ठोस निकास निस्कन सकेको छैन।
स्थानीयबासीले हाइटेन्सनले आफुहरुलाई प्रत्यक्ष असर पर्ने भएकोले मानव बस्ती नभएको ठाउँबाट लैजान भन्दै माग गरिरहेका छन्।
स्थानीयको चर्को दवाव आएपछि धरान उपमहानगरपालिकाले पनि २१ वटा टावर सार्न आग्रह गर्दै आयोजना तथा प्राधिकरणलाई पत्राचार गरिसकेको छ।
२२० केभी प्रसारण लाइन आयोजनाका धरान साइट इञ्चार्ज मुकुन्द पराजुलीले स्थानीयबासीको माग अनुसार टावर निर्माणको काम रोकिएको जानकारी दिँदै अलाइन्मेन्ट परिवर्तन गर्ने विषय माथिल्लो तहको भएको बताए।
.— नागरीक
FACEBOOK COMMENTS