कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित
कर्पोरट खबर
7:33 pm, मंगलबार, चैत १७, २०८२
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । सभामुख सिर्जना दनुवारले उक्त प्रस्ताव निर्णयार्थ पेस गरेपछि सर्वसम्मतले पारित गरिएको हो ।
यसअघि कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले विधेयक संशोधनमा पाँच बुँदामा प्रस्ताव राखेका थिए । मन्त्री पराजुली उक्त प्रस्ताव स्वीकार गरेपछि प्रस्तावक भण्डारीले उक्त प्रस्ताव फिर्ता लिए ।
FACEBOOK COMMENTS