काठमाडौं– नेपाल र भारतबीच कोशी सम्झौताअनुरूप निर्माण भएको पूर्व–पश्चिम राजमार्ग जोड्ने कोशी ब्यारेजको बिकल्प खोज्न थालिएको छ । यो
‘ब्यारेजको डेट एक्सपायर’ भयो भन्दै नेपाल तथा भारत दुवैतर्फका विज्ञले आवाज उठाउन थाले पछि नेपाल सरकारले पनि यसको बिकल्प खोज्न थालेको छ ।
यो ब्यारेजको उपयुक्त बिकल्पकै निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहितको एक टोली निरीक्षण भ्रमणमा गएको छ ।
यो भ्रमणमा भौतिक सचिव सचिव मधुसुदन अधिकारी, सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालय प्रमुख सरोज प्रधान, सडक विभागका महानिर्देशकसहितको टोली आइतबार निरीक्षण भ्रमणमा छ ।
FACEBOOK COMMENTS