काठमाण्डौँ — कोसी, अरुण र दूधकोसी क्षेत्रको पर्यटनमा सघाउन भनेर गत वैशाखदेखि सुरु भएको जेटबोट जलयात्राले दसैं तिहारको पूर्वसन्ध्यामा यात्रु ओसार्न व्यस्त छ ।
वर्षाका बेला करिब ४ महिना रोकिएको कोसीमा जेटबोट जलयात्रा पर्वको अवसरमा फेरि सुरु भएको हो ।
दसैंमा मधेसबाट पहाड जाने र पहाडबाट मधेस झर्ने यात्रुका लागि जलयात्रा रोमाञ्चक मात्र नभएर घर पुग्ने दूरी र समय छोट्याउने माध्यम बनेको छ ।
सुनसरीको बराहक्षेत्रसँग भोजपुर, धनकुटाका दक्षिणी भेकका यात्रुको घर पुग्ने समय र दूरी छोट्याइदिएको भोजपुर घोडेटारका जयबहादुर कार्की बताउँछन् ।
—कान्तिपुर
FACEBOOK COMMENTS