काठमाडौं, २४ मङ्सिर -कोहलपुरकी प्रकृती चन्दलाई ट्रकले किची गम्भीर घाइते बनाए पश्चात भएको घट्ना प्रति बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपाल र महासँघ संस्थासँग सहकार्यरत संस्थाले गंभीर ध्यान आकर्षण भएको जनाएका छन् । महासँघ र सम्बद्ध संघले मङ्लबार एक प्रेस बिज्ञप्ति जारी गर्दै कोहलपुर स्थित त्रिभुवन मा। वि। मा अध्ययनरत चन्द माथि घटेको घटना र ततपस्चातको विकसित घटनाक्रमले बाल अधिकार हनन भएको जनाएका छन् ।
(हेर्नुहोस् पूर्ण पाठ)
(प्रेस विज्ञप्ती)
हामी महिला हिंसा विरुद्धको १६ दिने अभियान र ७१ औं अन्तरष्ट्रिय मानब अधिकार दिबस मनाई रहेको अबस्थामा बाँके, कोहलपुर स्थित त्रिभुवन मा। वि। मा अध्यायनरत प्रकृती चन्दलाई ट्रकले किची गम्भीर घाइते बनाए पश्चात भएको घट्ना प्रति बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालको साथै यस संस्थासँग सहकार्यरत तल उल्लेखित महासंघहरुको गंभीर ध्यान आकर्षण भएको छ ।
उक्त घट्ना पछि उत्पन्न असहज परिस्थिति प्रति निम्नलिखित विषयमा सम्बन्धीत निकाय सरोकारवाला र नेपाल सरकारलाई ध्यानाकर्षण गर्न चाहान्छौ ।
१. बालबालिका र शैक्षिक क्षेत्र स्थायी शान्ती क्षेत्र भएको मान्यतालाई नेपाल प्रहरीले पूर्णत व्यवस्था गर्दै विद्यालय परिसरमानै प्रबेश गर्नु, बालबालिकाहरु माथि गर्नु पर्ने न्यूनतम ब्यवहार पनि नगरी बालबालिकाहरुलाई प्रकाउ गर्नु र उनीहरुलाई प्रहरी चौकीमा लैजानु जस्तो गैर कानूनी कृयाकलापले विधालय शन्ती क्षेत्र राष्ट्रिय ढाचाँ र कायान्वययन निर्देशिकाको पूर्णरुमा उल्लंघन भएको छ ।
२. प्रहरी चौकीमा बालबालिका र शिक्षकलाई लानु र कुटनु, विद्यालय परिसरमा कुनै पनि अनुमति विनानै प्रबेश गरि बालबालिका र शिक्षकलाई कुटनु र प्रहरी अधिकारीले बिभिन्न प्रकारले अन्य विद्यार्थीहरुलाई कुट्ने धम्कि दिनु नेपालको संविधान, बालबालिका सम्वन्धी ऐन तथा अत्तराष्ट्रिय शन्ती शम्झौताहरुको ठाडो उलङघन हो ।
३. यी माथिको घटना बालबालिका प्रति प्रहरीको संबेदनहिनता मात्र नभई नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, सिआसी तथा निर्देशिकाको उल्लंघन भएको हुदाँ यस घटनामा संलग्न व्यक्तिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन हामी जोडदार माग गर्दछौं ।
४. जिम्मेदार निकाय र यसमा कार्यरत व्यक्तिहरु प्रतिको यस प्रकारको बालबालिका प्रतीको संबेदनहिनताबाट प्रष्ट हुन्छ की नेपाल प्रहरी लगाएत सम्बन्धीत सबै सरोकारहरु मानबअधिकार, बालअधिकार शिक्षा, ज्ञान र व्यवहारमा व्यापक सुधारको लागी माग गर्दछौं ।
हामी उल्लेखित महासंघहरु उक्त घटनाप्रति खेद यक्त गर्दै अब उपरान्त कुनै पनि घटनाबाट बालबालिकाहरु पीडित हुन नदिन सरकार र सबै पक्षलाई आग्रह गर्दछौं साथै घाइते बालबालिका र सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हामी सम्पूर्ण महासंघहरु घाइते बालबालिकाको निःशुल्क र द्रुत गतिमा उचित उपचारका लागि सरकारसंग आग्रह गर्दछौं ।
अध्यक्ष, दुर्गा मैनाली
बालगृहहरुको महासंघ नेपाल
अध्यक्ष, इन्दीरा राणा मगर
बालबालिका, बन्दि तथा आश्रितहरुका लागी कार्य समूह
अध्यक्ष, अशोक योगी
राष्ट्रिय मातृ तथा बाल स्वास्थ्य संजाल अध्यक्ष, मनोज कुमार कँडेल
बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपाल
, २०७६ मंसीर २४ ।
FACEBOOK COMMENTS