काठमाण्डौँ — प्रदेश सरकार, स्थानीय तह र किसान सहकारी मिलेर कोहलपुरमा २० करोडको लागतमा अत्याधुनिक बधशाला निर्माण गर्ने भएको छ ।
त्यसका लागि प्रदेश सरकारले १ करोड ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिसकेको छ ।
कोहलपुरका नगर प्रमुख लुटबहादुर रावतले फोरपी मोडल (सरकार, निजी र उत्पादक) अनुसार बधशाला निर्माण हुन लागेको बताए ।
सो योजना बहुवर्षीय योजना भएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर–१२ मा रहेको २ बिघा २ कट्ठाजमिनमा वधशाला निर्माण गरिन लागिएको हो ।
— कारोबार
FACEBOOK COMMENTS